लण्डन।बेलायतस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन ‘रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूकेले अधिवेशन गर्ने भएको छ।

रास्वपा यूके प्रवक्ता विष्णु चालिसेका अनुसार अप्रिल २८ तारिख सोमबार मिडल्याण्डको लेष्टरस्थित जंगल क्लबमा पहिलो अधिवेशन गर्ने भएको हो।

अधिवेशनलाई सम्बोधन गर्न रास्वपा केन्द्रिय उपसभापति डा स्वर्णिम वाग्ले बेलायत आउने भएका छन् ।

रास्वपा यूके सभापति पवन शर्माले अधिवेशनमा सहभागी भई रास्वपाको भविष्यको बाटो लगायत यावत प्रश्नहरुको जवाफ़का लागी उपस्थित हुन सम्पूर्णलाई आव्हान गरेका छन्।

Loading…
Loading the web debug toolbar…
Attempt #