newsabhiyan

बेलायत : स्थापनाकालको प्रथम बर्षमै २ लाख भन्दा बढी सदस्य बनाउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीले बिदेशमा समेत आफू समर्थित नेपालीहरुलाई सांगठनिक रुपमा अग्रसर गराउने कार्यलाई तिब्रता दिईरहेको छ ।

 प्रवास नेपाली सम्पर्क बिभागहरुको गठन गरि रास्वपाका सुवेच्छुकहरुलाई सम्पर्क बिभाग मार्फत जोड्दै जाने क्रममा हालसम्म दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, अमेरिका , भारत लगायत खाडी मुलुकहरुमा समेत संगठन बिस्तार गरिसकेको छ ।

यसै क्रममा १ महिना अगाडि बेलायतमा स्थापना भएको रास्वपा समर्थित ' प्रवास नेपाली सम्पर्क बिभाग' प्रति  त्यहाँ निवासी धेरै नेपालीहरुको आकर्षण बढेको देखिएको छ । अहिले बिभाग अन्तर्गत स्वत:स्फुर्त रुपमा बेलायतका विभिन्न क्षेत्रहरुमा क्षेत्रीय बिभागहरु धमाधम गठन भईरहेका छन् ।

युके बिभागको गठन भएको १ महिना नबित्दै हालसम्म वेष्ट मिडल्याण्ड , नर्थवेष्ट र ईष्ट मिडल्याण्डमा क्षेत्रीय समितिहरु गठन भई सकेका छन् । 
"हामि छोटो समयमा नै संगठन बिस्तारको पक्षमा लामो फड्को मार्दै छौ" । युके बिभागका शभापती तथा संगठन बिस्तार उप समिती प्रमुख कोश्लेश्वर ढकालले भन्नू भयो "रास्वपा प्रती युकेवासीमा ठूलो क्रेज छ भन्ने देखिएको छ । हामी यहि जुलाई महिनाभित्र थप ४ ओटा क्षेत्रमा संगठन बिस्तार गर्दै छौ ।"

रास्वपाको संगठन बिस्तारका लागि  सुरुका दिनमा  नेतृत्व लिईदिने ब्यक्ती समेत नपाएको तितो अनुभव सुनाउँदै  युके बिभागका सहमहामन्त्री यज्ञराज कार्कीले रास्वपाले एमाले सहितको समर्थनमा बनेको प्रचण्ड नेतृत्व  सरकारमा ३२ दिन रहेर गरेको कार्य र रास्वपाका युवा सांसदहरुले सदनमा गरिरहेको प्रभावकारी प्रस्तुतिकरणका कारण बेलायतमा रहेका नेपालीहरुको आकर्षण ह्वात्तै बढेको बताउनु भयो ।

"बेलायतवासी नेपालीहरु कुरामा होइन काममा बिस्वास गर्छन् । जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने सवालहरुमा रास्वपाले उठाएका आवाजहरुलेनै रास्वपाको समर्थकहरु बढाएको हो। अहिले हामिले हाम्रो संगठनको लागि सदस्य खोज्ने होइन ईच्छुकहरुले हाम्रो संगठनलाई खोज्ने क्रम बढेको छ।" कार्कीले भन्नुभयो । 

युवा ब्यवसायी पवन शर्माको नेतृत्वमा बनेको रास्वपा समर्थित प्रवास नेपाली सम्पर्क बिभाग(युके) ले अन्य संगठन भन्दा पृथक तरिकाले अगाडि बढ्न खोजेको हुनाले पनि यो संगठन प्रती धेरैको आशा र बिस्वास बढेको शभापती पवन शर्माको भनाईछ।  "हामी खादामाला , ब्याच ,अबिर  अनि भाषण र आस्वासनमा सिमित औपचारिक कार्यक्रमहरुलाई निस्तेज पार्ने अभियानमा छौं। साथै एक दलले अर्को दललाई बन्देज र निस्तेज पार्न खोज्ने, गाली/गलौच गर्ने अनि अनावस्यक आरोप/प्रत्यारोप लगाउने जस्ता राजनैतिक  कु-संस्कारबाट टाढा रहेर भद्र, शभ्य र शालीन राजनितीक संस्कार बसाल्नको लागि हामिले पाईला चालिसकेका छौं र बेलायतवासीले यस्को अनुभूति गरिसक्नु भएको पनि छ......। " शर्माले भन्नुभयो " हाम्रो यहि अभियानले बेलायतवासी नेपालीलाई आकर्षण गरिरहेको छ। "

बिभागकी महामन्त्री पिपला पाण्डे देवानका अनुसार हाल युकेको सबै राज्यहरुमा संगठन बिस्तारको लागि व्यापक माग भईरहेको छ । जताततैबाट रास्वपामा आवद्द हुन इक्छुक ब्यक्तिहरुले निरन्तर सम्पर्क  गरिरहनुभएको छ ।  हामी अहिले इङ्गल्याण्ड भित्र संगठन बिस्तारको काममा ब्यस्त छौं । यसपस्चात्  स्कटल्याण्ड, नर्थ आयरल्याण्ड र स्कटल्याण्डमा पनि यथासक्य संगठन बिस्तार गर्ने योजनामा छौं ।"

नव गठित नर्थवेष्ट क्षेतृय बिभाग शभापती तुलस कार्कीका अनुसार रास्वपाले उठान गरेको  'एक पटकको नेपाली सँधैको नेपाली' लगायत विदेशमा बस्ने नेपालीहरुको मतदान अधिकार लगायतको मागलाई अहिलेको सरकारले सम्बोधन गरेको हुनाले पनि बेलायतमा बस्ने नेपालीहरु उत्साहित भएका हुन् । "हामी बेलायतको बिकासलाई हेरेर बिकसित नेपालको कल्पना गरिरहेका छौं। हाम्रो कल्पनालाई साकार पार्न अब आफै अग्रसर हुनु पर्छ भनेर अगाडि बढेका हौं....।" कार्कीले थप्नु भयो " हाम्रै पालामा बिकसित नेपालको सपनालाई साकार बनाउन रास्वपा बाहेक अन्य दललाई भरोषा गर्न सकिएन । बेलायतमा सिकेको सीप, ज्ञान र दक्षतालाई आफ्नै देशको माटोमा  प्रयोग गर्ने उद्देश्यले यो पार्टिमा आवद्द भएको हुँ।" तुलस जस्तै नव गठित वेष्ट मिडल्याण्ड का शभापती गङ्गाधर गौतम र ईष्ट मिडल्याण्डल शभापती कृष्ण लुईटेलको पनि भनाई उस्तै छ । 'टेष्टेड' पुरानै नेताहरुको पछि लागेर देश बिकासको सपना साकार नहुने निर्क्यौलमा पुगेर नयाँ सोच र नयाँ खोजलाई  अवसर दिन पर्ने आवस्यकताको बोध गरि जान्नेलाई छान्ने पार्टिको रुपमा स्थापित रास्वपानै उत्तम बिकल्प देखेको कारण आफुहरु यस्मा आवद्द भएको शभापतीद्वयको भनाई थियो ।